Logo
Logo

उपत्यकामा चल्ने र लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने


1.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै र लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ । उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ व्यवस्था लागू गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा लोकल बस जस्तै जथाभावी सडक किनारमै रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा सडकमा जाम हुने गरेको छ ।

त्यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्