काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि क्रिस लीनले सर्वाधिक ७५ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । त्यस्तै आरिफ सेखले अविजित २४ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित २४ रन बनाएका थिए । त्यस्तै विनोद भण्डारीले २१ र पुनीत मेहराले १३ रन बनाएका थिए ।
त्यसैगरी चितवनका बलर सैफ जैबले २ विकेट लिए भने रन्जीत कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिएका थिए ।











