Logo
Logo

अन्तरिक्षमा मिल्की वेसँग मिल्दोजुल्दो नयाँ आकाशगङ्गा पत्ता लागेको दाबी


252
Shares

एजेन्सी । खगोलशास्त्रीहरूले ब्रह्माण्डमा पृथ्वी रहेको मिल्की वे आकाशगङ्गासँग अत्यन्त मिल्दोजुल्दो संरचना भएको अर्को विशाल आकाशगङ्गा पत्ता लागेको दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: galaxy.jpg

अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहायता लिएर भारतकी अनुसन्धानकर्ता राशि जैनले विद्यावारिधि अध्ययनका क्रममा गरेको अनुसन्धान हाल एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको छ । जैनलाई टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल रिसर्चअन्तर्गतको राष्ट्रिय रेडियो खगोल भौतिकी केन्द्रका प्राध्यापक योगेश वाडदेकरले मार्गदर्शन गरेका थिए । नयाँ फेला परेको आकाशगङ्गालाई ‘अलकनन्दा’ नाम दिइएको बीबीसीले उल्लेख गरेको छ ।

तारा, ग्रह, ग्यास, धूलो तथा गुरुत्वाकर्षणीय प्रभावले बनेको विशाल प्रणाली नै आकाशगङ्गा मानिन्छ । अलकनन्दा पृथ्वीबाट करिब १२ अर्ब प्रकाशवर्ष टाढा रहेको बताइन्छ, अर्थात् त्यहाँबाट निस्किएको प्रकाश पृथ्वीमा पुग्न १२ अर्ब वर्ष लाग्छ । अधिकांश आकाशगङ्गा १० देखि १३.५ अर्ब वर्ष पुराना हुने भएकाले नयाँ पत्ता लागेको यो संरचना पनि मिल्की वेभन्दा प्राचीन हुनसक्ने अनुमान गरिएको छ ।

अध्ययनमा संलग्न जैन र वाडदेकरले अलकनन्दालाई अत्यन्त प्रभावशाली ‘ब्रह्माण्डीय शक्ति केन्द्र’को रूपमा वर्णन गरेका छन् । उनीहरूका अनुसार यस आकाशगङ्गामा प्रत्येक वर्ष नयाँ ताराहरूको जन्म भइरहेको छ । यद्यपि अलकनन्दा अत्यन्त टाढा भए पनि गुरुत्वाकर्षणीय प्रभावका कारण यो अधिक चम्किलो देखिन आएको अध्ययनले संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्