Logo
Logo

सुदूरपश्चिम, काठमाण्डु र विराटनगर प्लेअफमा


504
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तीन टिम प्लेअफमा पुगेका छन् । बिहिबारको खेलपछि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

The current image has no alternative text. The file name is: npl-2.jpg

सुदूरपश्चिमको ६ खेलमा सबै खेल जितेर १२ अङ्क रहेको छ र शिर्ष स्थानमा छ । त्यस्तै काठमाण्डु गोर्खाजले लिग चरणका सबै ७ खेल खेलेर १० अङ्क हासिल गरेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यसैगरी ६ खेलमा ८ अङ्क हासिल गरेर तेस्रो स्थानमा रहेको विराटनगर किंग्सपनि प्लेअफमा पुगेको छ ।

त्यस्तै अब प्लेअफमा पुग्ने चौथो स्थानका लागि अन्य टिमबीच प्रतिष्पर्धा रहेको छ । अब शुक्रवार हुने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीचको खेलमा लुम्बिनी विजयी भएमा लुम्बिनी प्लेअफमा पुग्ने छ भने अन्य सबै टिम बाहिरिने छन् । अहिलेसम्म प्राविधिक रूपमा कर्णाली याक्स मात्र बाहिरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्