Logo
Logo

मधेश प्रदेशमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति


2.2k
Shares

काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ । शुक्रवारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति जुटेको हो । 

The current image has no alternative text. The file name is: yadv.jpg

केहीबेरमा सात दलका नेताहरू प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्