काठमाडौं । जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरले लुम्बिनीसामु जितका लागि १ सय ३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रन जोडेको हो । जनकपुरका लागि संगीत कोरेले बनाएको ४५ रन नै सर्वाधिक रह्यो । उनले ३८ बलमा २ चौका प्रहार गरे ।
मयन यादव २७ रनमा नटआउट रहे। आशिफ शेखले २० र सञ्जय कृष्णमुर्तिले १४ रन बनाए । शुभ कंसाकार ११ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट हुन पुगे ।
अनिल साह ७ रन बनाउँदा रुवेन टम्पलम्यानको बलमा एलबीडब्लु धरापमा परे । लुम्बिनीका लागि शेर मल्ल र रोहित पौडेलले समान २ विकेट लिए। जेजे स्मिथ र रुवेनले समान एक विकेट आफ्नो नाममा गरे ।
लुम्बिनीले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। जनकपुरको हारले प्लेअफ सम्भावना सकिनेछ । लुम्बिनी जनकपुरलाई हराउँदै प्लेअफमा स्थान पक्का गर्न चाहन्छ ।











