काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

शुक्रबार काठमाडौंस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा गोलरहित बराबरीमा सकिएको हो । खेल बराबरीमा सकिएपछि दुवैले एक एक अङ्क बाँडेका छन् ।
प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल नेपालको एपीएफ क्लब र बङ्गलादेशको नसरिन स्पोर्ट्स एकेडेमीबीच हुँदैछ ।











