Logo
Logo

साफ महिला क्लब च्याम्पियनसिप: एपीएफ क्लबको विजयी सुरुवात


0
Shares

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।  शुक्रवार काठमाडौंस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा एपीएफ क्लबले बङ्गलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । एपीएफको जितमा रश्मि कुमारी घिसिङ र मिना देउवाले २-२ गोल गरेका थिए ।

The current image has no alternative text. The file name is: apf.jpg

योजितपछि एपीएफले महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको छ । आजै सम्पन्न पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेल बराबरीमा सकिएको थियो । अब एपीएफले डिसेम्बर ११ मा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्