काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवनका कप्तान कुशल मल्ले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । खेल दिउँसो ३:३० बजे सुरु हुँदै छ ।

आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। लुम्बिनी लायन्स ८ अङ्कसहित चौथो स्थानमा सुरक्षित भएसँगै ४-४ अं कमा रहेका पोखरा एभेन्जर्स र चितवन राइनोज प्रतियोगिताको प्लेअफ दौडबाट आधिकारिक रूपमा बाहिरिइसकेका छन् ।
अङ्क तालिकामा पोखरा पाँचौँ र चितवन छैटौँ स्थानमा रहेका छन् । लिग चरणका आफ्ना अन्तिम खेलहरू खेलिरहेका दुवै टोली आजको खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा मैदान उत्रिनेछन् । आजको नतिजाले शीर्ष चारको समीकरणमा भने कुनै प्रभाव पार्ने छैन ।











