Logo
Logo

निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्दैन : अध्यक्ष ढकाल


756
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजको १६औं वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहमा उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनैपनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताए ।

कुनै पनि परिवर्तनपछि आर्थिक र नीतिगत पक्षमा एक भएर अघि बढ्ने कुरामा नेपाल पछि परेको भन्दै उनले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान नसकेसम्म अर्थतन्त्र सबल बन्न नसक्ने बताए ।

‘हामीकहाँ प्राइभेट सेक्टरलाई हेर्ने दृष्टिकोण र प्राइभेट सेक्टरलाई सहभागी गराउने कुरा भरसक नगराउने चलन छ,’ उनले भने, ‘फलस्वरूप जुनसुकै आन्दोलनबाट व्यवस्था परिवर्तन हुँदाखेरि पनि हाम्रा नीतिगत कुरा, खासगरी इकोनोमिक एजेन्डामा अगाडि बढ्ने कुरामा हामी पछाडि परेका छौँ ।’

निजी क्षेत्रलाई टाढा राखेर बनाउने हरेक पोलिसी प्रभावकारी बन्न नसक्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्