काठमाडौं । जापानको रोटरी क्लब अफ सुजिनामी (टोकियो) का पाष्ट प्रेसिडेन्ट काजुओ एनोमाटोले रोटरी क्लब अफ काठमाडौं वेष्टको भ्रमण गरेका छन् ।

रोटरी क्लब अफ काठमाडौँ वेष्टको २५औँ रजत जयन्तीको अवसरमा क्बललाई शुभकामना दिँदै उनले भविष्यमा रोटरी क्लब अफ काठमाडौं वेष्टसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
उक्त अवसरमा रोटरी क्लब अफ काठमाडौँका प्रेसिडेन्ट सुधन बज्राचार्यले रोटेरियन काजुओ एनोमाटोलाई रोटरी क्लब अफ काठमाडौँ वेष्टको प्रतिक चिन्ह अंकित झण्डा उपहार दिए ।
रोटरी क्लब अफ सुजिनामी टोकियोले सन् २०१५/१६ मा रोटरी क्लब अफ काठमाडौँलाई टिस्टुङमा ग्रामिण खानेपानी आयोजना सम्पन्न गर्न सहयोग गरेको थियो ।
त्यसैगरी सन् २०२६ मा रोटरी क्लब अफ काठमाडौँ वेष्टलाई रोटरी क्लब अफ सुजिनामीको तर्फबाट अल्ट्रा साउण्ड मेसिन उपहार दिने प्रतिबद्धता जनाए ।











