
काठमाडौं । कुलेश्वर आवास कल्याण संस्थाको सहयोगमा सञ्चालन भएको योग विज्ञान साधना केन्द्रको १०औँ वार्षिक उत्सब भव्य रुपमा मनाइएको छ । उक्त कार्यक्रममा योग मुख्य प्रशिक्षक विद्यालक्ष्मी श्रेष्ठलगायत योग प्रशिक्षकहरूलाई सम्मान गरिएको छ ।
कुलेश्वर आवास कल्याण संस्थाका अध्यक्ष राजु दाहाल शर्माले योग शिविरबाट कुलेश्वर आवास क्षेत्रका नागरिकहरूलाई योगको माध्यमबाट स्वास्थ्यलाभ हुनुका साथै सद्भाव कायम गर्न मद्दत पुगेको बताए । उनले भविश्यमा योग शिविरको भौतिक संरचना निर्माण गर्ने समेत बताए ।
उक्त योग शिविरमा १४ वडाको तर्फबाट सहभागीहरूलाई योगड्रेस उपलब्ध गराइएको थियो । उक्त समारोहमा प्रशिक्षक सविता श्रेष्ठ, श्यामराज पौडेल, माया लोप्चन, तुलसा दहाल, सरु श्रेष्ठलगायत नियमित योग शिविरमा भाग लिने कमला शेरचन र सरिता नमर्कीलाई पनि सम्मान गरिएको थियो ।
कुलेश्वर आवास क्षेत्रको फुटबल ग्राउण्डसँगै तिनकुनेमा सञ्चालित योग शिविरमा ७० जना सहभागी छन् । सहभागीमध्ये ६० प्रतिशत महिला र जेष्ठ नागरिक छन् ।











