
काठमाडौं । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद गठन गरेका छन् र
आजै मुख्यमन्त्रीको शपथ लिएका यादवले नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट १, १ जनालाई लिएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नेपाली कांग्रेसबाट जंगीलाल राय, जनमतबाट महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेल मन्त्री नियुक्त भएका छन् ।
जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा जंगीलाल र कनिसको मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन् ।











