
काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई)ले ४ महिने छोराको घाँटी रेटेर हत्या गरेका छन् । आइतबार दिउँसो सिनामंगलस्थित कोठा लिएर बसेका असई पुष्कर कार्कीले ४ महिने छोराको घाँटी रेटेर हत्या हत्या गरेका छन् ।
जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत उनले छोराको हत्या गरेर श्रीमतीलाई पनि कुटपिट गरेर फरार भएका थिए ।
असई कार्कीलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











