काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीले जरिवाना गरेको छ । डिसेम्बर ३ मा रायपुरमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा भारतीय टोली नियम तोडेकोमा दोषी ठहरिएपछि आइसीसीले टोलीलाई जरिवाना गरिएको हो ।

यस खेलमा ढिलो ओभर-रेट कायम राखेकोमा भारतीय टोलीलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना गरिएको आइसीसीले जानकारी दिएको छ ।
रायपुरमा भएको दोस्रो एकदिवसीय खेलमा भारतीय टोली दुई ओभर पछाडि थियो । कप्तान केएल राहुलले यो आरोप स्वीकार गरेका छन् यस विषयमा औपचारिक सुनुवाइको आवश्यकता नपरेको आसिसीले जनाएको छ ।
रायपुर एकदिवसीय खेलमा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो भने दक्षिण अफ्रिकी टोलीले चार विकेटले जित हासिल गरेको थियो । एकदिवसीय सिरिज भने भारतले २-१ ले जितिसकेको छ ।











