Logo
Logo

सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन


441
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर लिग एनपिएलमा खेल अवलोकन गरेका छन्। मन्त्री खरेलले आज त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर पुगेर एनपिएलमा जारी खेल अवलोकन गरेका हुन् ।

The current image has no alternative text. The file name is: npl-8.jpg

एनपिएलअन्तर्गत आज पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गरिरहेका छन् । सुदूरपश्चिम अङ्कतालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा छ । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो ।

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।

आज जित्ने टोली सिधैँ फाइनलमा पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्