Logo
Logo

एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो


504
Shares

काठमाडौँ । एसिसी पुरुष यु–१९ एसिया कप भोलि शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स युएइमा हुँदैछ ।

The current image has no alternative text. The file name is: u-19-1.jpg

पहिलो दिन भारत र आयोजक युएई तथा पाकिस्तान र मलेसियाले खेल्ने छन् ।

उक्त प्रतियोगिताका लागि नेपाली टोली युएइ पुगिसकेको छ । नेपालले पहिलो खेल श्रीलङ्कासँग यही मङ्सिर २७ गते खेल्ने छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । उपाधि भिडन्त पुस ६ गते हुनेछ ।

यस्तो छ नेपाली टोली अशोक धामी कप्तान, नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री छन् ।

प्रतिक्रिया दिनुहोस्