काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यसपटक पनि अपरिवर्तित रह्यो ।

पछिल्ला चारमध्ये तीन खेलमा हार बेहोरिरहेका बावजूद नेपाल आफ्नो पहिल्यैको स्थानमै टिक्न सफल भएको हो ।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले सार्वजनिक गरेको नयाँ र्याङ्किङमा नेपाल ८९औँ स्थानमै रहेको छ। नेपालले अक्टोबरदेखि डिसेम्बरसम्म चार अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
ती खेलमध्ये नेपाल इरानसँग ३–० ले पराजित भयो। तर भारतलाई २–१ ले हराउँदै महत्वपूर्ण जित निकाल्यो। बाँकी दुई खेलमा नेपाल इन्डोनेसियासँग २–१ र चाइनिज ताइपेईसँग १–० ले हार्न पुगेको थियो ।











