काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुने भएको छ । फाइनल खेलअघि शुक्रबार एनपीएलको ट्रफीसँग सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टियु क्रिकेट मैदानमा फोटो सेसन गरेका छन् ।

सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम समूह चरणको एक मात्र हार अन्तिम खेलमा विराटनगरसँग बेहोरेको थियो । त्यस्तै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको हो ।











