काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन शनिवारदेखि सुरु हुँदैछ । महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मङ्सिर २२ गते अध्यक्ष ओलीलाई बुझाएको प्रस्तावना महाधिवेशन हलमा पेस हुने भएको छ ।

सचिव योगेश भट्टराईका अनुसार शुक्रवारको सचिवालय बैठकले ईश्वर पोखरेलले बुझाएको प्रस्तावना पढ्न पाउनेछन् । प्रस्तावनाको विषयका केही कुरा भने आवश्यकताअनुसार निर्णय गरेर अगाडि जाने निष्कर्ष बैठकले निकालेको उनको भनाइ छ ।
त्यस्तै उनले आगामी महाधिवेशनमा १५ प्रतिशत युवा केन्द्रीय कमिटीमा रहनपर्ने प्रस्ताव आफूले सचिवालय बैठकमा राखेको पनि बताए। उनले आफ्नो प्रस्तावबारे महाधिवेशनको बन्दसत्रमा छलफल हुने पनि बताए ।











