Logo
Logo

एनपीएलको सफल योजना र कार्यान्वयनको लागि आईसीसीले दियो बधाई


882
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करण सफल योजना र कार्यान्वयनको लागि बधाई दिएको छ ।

आईसीसीका अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै बधाई दिएका हुन् ।

यस वर्षको प्रतियोगिताले सङ्गठन र प्रदर्शन गरिएको क्रिकेटको गुणस्तर दुवै हिसाबले उल्लेखनीय बेन्चमार्क स्थापित गरेको आईसीसीले उल्लेख गरेको छ ।   

लिगको सहज सञ्चालन, टोलीहरूको उत्साहजनक सहभागिता र देशभरका प्रशंसकहरूको अत्याधिक समर्थन तपाईँको मार्गदर्शनमा गरिएको कडा परिश्रम र समर्पणको प्रमाण भएको शाहले लेखेका छन् ।

‘नेपाल प्रिमियर लिगले उदीयमान प्रतिभाहरूको लागि बलियो प्लेटफर्म मात्र प्रदान गरेको छैन तर अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा नेपालको स्थितिलाई पनि बलियो बनाएको छ। यस्ता उपलब्धिहरूले तपाईँको नेतृत्वमा नेपालमा क्रिकेट कुन सकारात्मक दिशामा अगाडि बढिरहेको छ भन्ने कुरालाई प्रतिबिम्बित गर्दछ,’ पत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्