Logo
Logo

डिशहोम फाइबर नेट सेवा विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असोज । डिसहोम फाइबर नेटको सेवा विस्तार हुँदै गएको छ । डिशहोमले पछिल्लो समय कपन र जोरपाटी एरियामा सेवा उपलब्ध गराएको छ । डिशहोमले यसअघि उपत्यकाका ललितपुरको भैसेपाटी, काठमाडौंको बानेश्वर, तिनकुनेलगायतका क्षेत्रमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराइसकेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेयता डिशहोमले इन्टरनेट सेवा दिन सुरु गरेको हो । गाउँ गाउँमा फाइबरमार्फत इन्टरनेट सेवा दिने र असहज भएका ठाउँमा स्याटेलाइट प्रविधिमार्फत इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । डिशहोमले सेवा विस्तार गरेपछि स्थानीय ग्राहक खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्