Logo
Logo

मेसीलाई टी-२० विश्वकपको टिकट उपहार


693
Shares

काठमाडौं । अर्जेन्टिनाका फुटबल सुपरस्टार लिओनल मेसीको ‘गोट इन्डिया टुर’को अन्तिम तथा चौथो दिन सोमबार दिल्लीमा सम्पन्न भएको छ । 

दिल्लीको अरुण जेटली स्टेडियममा आयोजित विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष जय शाहले मेसीलाई भारतको नयाँ टी-२० जर्सी, हस्ताक्षरित क्रिकेट ब्याट र सन् २०२६ को टी-२० विश्वकपको भारत र अमेरिकाबीचको उद्घाटन खेलको टिकट उपहार दिएका छन् ।

उक्त खेल फेब्रुअरी ७ मा मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ । मेसीका साथीहरू लुइस सुआरेज र रोड्रिगो डे पउललाई पनि नाम र नम्बर अङ्कित भारतीय जर्सी प्रदान गरिएको छ । कार्यक्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, पूर्वफुटबलर बैचुङ भुटिया लगायत उच्च पदस्थ व्यक्तिहरू उपस्थित थियो । 

प्रतिक्रिया दिनुहोस्