Logo
Logo

सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो ?


1.3k
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज बुधबार सुन तोलामा ७०० सयले बढेको हो ।

मङ्गलबार दुई लाख ५९ हजार निर्धारण भएको सुन आज प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदी १७० रुपैयाँ बढेर तोलामा चार हजार ५५ रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्