Logo
Logo

कारोबारसँगै सेयर बजार बढ्यो, नेप्से २६२५ अंकमा


441
Shares

काठमाडौं । बुधबार सेयर बजार ५.७० अंकले बढ्दै नेप्से सूचक २६२५ अंकमा पुगेको छ । यस दिन कुल ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भयो, जुन अघिल्लो दिनको तुलनामा बढी हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

कारोबारमा रहेका २५८ कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने १०४ कम्पनीको घट्यो र ११ कम्पनी स्थिर रहे। फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशतले बढ्यो। बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य समूहमा पनि सुधार देखियो। यद्यपि व्यापार, निर्जीवन बीमा तथा होटल तथा पर्यटन समूह घटे ।

स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्यो। नारायणी डेभलपमेन्ट बैंक, चिरख्वा हाइड्रोपावर र माइखोला हाइड्रोपावरको मूल्य उल्लेख्य रुपमा बढ्यो ।

यस दिन बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो भने अपर स्याङ्गे हाइड्रोपावरको मूल्य पनि घट्यो । कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् शीर्षमा रहे ।

प्रतिक्रिया दिनुहोस्