Logo
Logo

तीन दिनको वृद्धिपछि नेप्सेमा गिरावट, कारोबार भने बढ्यो


378
Shares

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ । निरन्तर तीन कारोबार दिन बढेको बजार आज बिहीबार घटेको हो । तीन कारोबार दिनमा ३० अङ्क मात्रै बढेको थियो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

आज नेप्से परिसूचक १०.६६ अङ्क घटेर २६१५.०३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्क घटेको छ ।

आज नेप्से घटेपनि कारोबार रकम बढेको छ । आजको बजारमा कारोबारमा आएका २५९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । बुधवारको बजारमा ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सिन्धु विकास बैङ्कको सेयरमूल्य ९।५६ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, बाराही हाईड्रोपावरको शेयर सवार्धिक ४.७६ प्रतिशतले घटेर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा  बाराही हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, राधी बिद्युतको कारोबार रकम १८ करोड ३५ लाख रुपैयाँ नाघेको छ भने बुटवल पावरको करिब १६ करोड १० रुपैयाँको सेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।  ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्