काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिवार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा शनिवार साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फाइनल अघि दुवै टीमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् ।
फाइनलअघि शुक्रवार दशरथ रङ्गशाला आयोजित प्रि–म्याच कन्फरेन्समा एपीएफ फुटबल क्लबकी अनिता बस्नेतले फाइनल खेलका लागि टिम तयार रहेको बताइन् । अहिले क्लबका लागि भन्दा पनि देशको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलिरहेको भन्दै उनले पहिलो पटक उपाधि कब्जा गर्ने रणनीतिका साथ मैदान उत्रने बताइन् ।
त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दै फाइनल खेल खेल्ने बताए ।
त्यसैगरि भारतको इस्ट बंगालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यलाई पुरा गर्नेगरि खेल्ने बताएका थिए । साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर पाउनेछन् ।











