Logo
Logo

नेप्से १३.८८ अङ्कले घट्यो


315
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: Share-Market-Down.jpg

सोमबार नेप्से परिसूचक १३.८८ अङ्क घटेर २५८१.२१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.२५ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.९७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा  ३३२ स्टकको ६५ हजार ३१२ पटकको कारोबारमा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँबराबरको ९१ लाख ६७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो । त्यस्तै, १०.२५ प्रतिशत सिटिजन्स बैङ्क डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको १० करोड ३० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक  सर्वाधिक १.२६ प्रतिशत घटेको छ । त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्