Logo
Logo

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता तय


945
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता हुने भएको छ ।

The current image has no alternative text. The file name is: durga-1.jpg

दुवैबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको हो ।

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय भएको जानकारी गराएका छन् । सरकारले यसअघि नै सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति गठन गरी निरन्तर संवाद भइरहेको जनाएको छ ।

साथै, सरकारले तत्काल सम्बोधन गर्नुपर्ने पाँचवटा विषयसमेत पत्रमार्फत प्रसाईंलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्