Logo
Logo

महिला विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने


378
Shares

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ । घरेलु मैदानमा हुने ग्लोबल छनोटमा नेपालले पहिलो खेल माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्नेछ ।

दोस्रो माघ ८ गते नेदरल्यान्डसँग खेल्नेछ । माघ १० मा जिम्बावेसँग र माघ १२ मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ ।
ग्लोबल छनोटमा नेपाल समूह ‘बी’मा छ । नेपाल रहेको समूह ‘बी’मा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाव्वे र नेदरल्यान्ड छन् ।

ग्लोबल छनोटअघि नेपालले अभ्यास खेल खेल्नेछ । अभ्यास खेलमा जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी मैदानमा खेल्नेछ । १६ तारिखमा अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।

इङल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १४ देखि १ फेब्रुअरीसम्म हुनेछ । छनोटका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्