Logo
Logo

तीन दिनपछि बढ्यो सेयर बजार, कारोबार घट्यो


378
Shares

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ। ८ पुस मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४ अंकमा पुगेको छ।

The current image has no alternative text. The file name is: share-market-dhitopatra-dalal.jpg

कारोबार सुरु भएलगत्तै बजार उतारचढावमा देखिएको थियो । दिउँसो १२:२८ बजे नेप्से २५६९ अंकसम्म झरेर दिनकै न्यूनतम विन्दुमा पुगेको थियो । यद्यपि, अन्तिम समयमा सुधार आएपछि बजार सकारात्मक विन्दुमा बन्द भयो ।

यद्यपि, कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोड रुपैयाँमा सीमित रह्यो ।

आजको कारोबारमा १३४ कम्पनीको सेयर मूल्य बढ्यो, ११७ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत सूचकतर्फ हेर्दा अन्य समूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढ्यो । त्यस्तै बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५ र माइक्रोफाइनान्स ०.१७ प्रतिशतले बढे ।
व्यापार समूह स्थिर रहँदा निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०.३४ र विकास बैंक ०.१६ प्रतिशतले घटे ।

कम्पनीगत रूपमा एसवाई प्यानलको सेयर मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशतले बढ्यो । त्यसपछि गुराँस लघुवित्त ६.०१, सयपत्री हाइड्रोपावर ५.९६ र ग्रामिण विकास लघुवित्त ५.८५ प्रतिशतले बढे ।

घट्ने कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स ५.९७, सीवाईसी लघुवित्त ५.८७, पियोर इनर्जी ४.२८ र पोखरा फाइनान्स २.६८ प्रतिशतले घटे ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल, सागर डिस्टिलरी, सीईडीबी होल्डिङ्स, लुम्बिनी विकास बैंक र मञ्जुश्री फाइनान्स सबैभन्दा धेरै कारोबार हुने शीर्ष पाँच कम्पनीमा परे ।

प्रतिक्रिया दिनुहोस्