Logo
Logo

बङ्गलादेश प्रिमियर लिगमा सन्दीपको टिम राजशाहीको विजयी सुरुवात


882
Shares

काठमाडौं । बङ्गलादेश प्रिमियर लिगको उद्घाटन खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने खेलिरहेको टिम राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ ।

सिलहेट टाइटन्सलाई ८ विकेटले पराजित गर्दै राजशाहीले विजयी सुरुवात गरेको हो । सिलहेटले दिएको १९१ रनको लक्ष्य पछाएको राजशाहीले १९.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । राजशाहीको जितमा नाजमूल होसैन शान्तोले अविजित १०१ रनको शतकीय पारी खेलेका थिए भने मुशफिकुर रहिमले अविजित ५१ रन बनाएका थिए ।

यस खेलमा सन्दीपले भने ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका थिए । अब राजशाहीले अर्को खेल भोलि नै ढाका क्यापिटल्ससँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्