Logo
Logo

४७.५५ अङ्कले बढ्यो नेप्से


315
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । गत साताको अन्तिम दुई कारोबार दिन सामान्य अङ्क बढेर बन्द भएको बजार आइतबार भने उच्च अङ्क बढेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आइतबार नेप्से परिसूचक ४७.५५ अङ्क बढेर २६३३.४२ विन्दुमा पुगेको छ। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स ८.२५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.४० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अङ्क बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बुधवार ३ अर्ब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा  ३२८ स्टकका ८९ हजार २५१ पटकको कारोबारमा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशत बढेको छ । त्यस्तै, यजोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै,  मञ्जुश्री फाइनान्सको करिब साढे २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ ।

१३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्