Logo
Logo

आज ३७ सय संक्रमित थपिए, ३५ सय डिस्चार्ज


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज ।
बिहीबार पनि निको हुने भन्दा संक्रमित हुने बढेका छन् । २४ घन्टाको अवधिमा ३७४८ जना संक्रमित भएको र ३५६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १९ जना संक्रमितको मृत्यु भएको छ ।


नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७ सय ४५ पुगेको छ भने ८४ हजार ५१८ जना डिस्चार्ज भएका हुन् । मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार १९ सय ३५  जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १६ सय ९३ जना, ललितपुरमा एक सय आठजना र भक्तपुरमा एक सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्