Logo
Logo

नौ सचिवको सरुवाः पर्यटनमा अर्याल, सामान्य प्रशासनमा कोइराला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ । केही महत्वपूर्ण मन्त्रालयमा सचिवहरु हेरफेर भएका छन् ।
पर्यटन मन्त्रालयमा एकनारायण अर्यालको सरुवा भएको छ । उनी काठमाडौं महानगरपालिकामा कार्यरत थिए । पर्यटनका सचिव केदार अधिकारीले गत साता अवकाश पाएका थिए ।


त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यादब कोइरालालाई पठाइएको छ। कोइराला प्रधानमन्त्री कार्यालयमा थिए । संघीय मामिलाका सूर्य प्रसाद गौतमको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको छ। आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई भने सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। सहरी विकास मन्त्रालयका मन्त्रीले पनि बिहीबारै कार्यभार सम्हालेका थिए। सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगिएको छ। उनी यसअघि ऊर्जा मन्त्रालयमा थिए।

सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ। उनी यसअघि खेलकुद मन्त्रालयमा थिए। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने र उपराष्ट्रपतिको कार्यालयका खगराज बरालको जिम्मेवारी हेरफेर गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्