Logo
Logo

एन्फाको चुनावी साधारणसभा आगामी माघमा


315
Shares

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको चुनावी साधारणसभा आगामी माघको अन्तिम साता झापामा हुने भएको छ ।

The current image has no alternative text. The file name is: anfa.gif

सातदोबोटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले आगमी माघ २८ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । यस चार वर्षे कार्यकाललाई छोट्याएर माघमै निर्वाचन गर्ने बैठकले पारित गरेको हो ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षण गर्न लेखापरीक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसियट्सलाई नियुक्त गर्ने निर्णय पारित भएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्