Logo
Logo

स्कारपिओ दुर्घटना : पाँच जनाको मृत्यु, तीन घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ कार्तिक । गएराति उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.च.७१७१ नम्बरको स्कारपियो शनिबार राति १२ बजेतिर सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमकाअनुसार ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण सार्की रहेका छन् ।
दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३० र ३२ वर्षका पुरुष, ३० र ३५ वर्षका पुरुष र अर्की ३० र ३५ वर्षकी महिलाको पहिचान भइनसकेको उनले बताए । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देहीका २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको थियो छ ।

 

प्रतिक्रिया दिनुहोस्