Logo
Logo

सेयर बजार दबाबमा, कारोबार रकम घट्यो


252
Shares

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १३.३५ अंक घटेर २६३५ अंकमा कायम भएको छ ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

अघिल्लो दिन २६४९ अंकमा रहेको नेप्से कारोबार दबाबमा परेको हो । कारोबार रकम पनि घट्दै ७ अर्ब १२ करोडबाट ५ अर्ब १७ करोड रुपैयाँमा सीमित भयो ।

यस दिन कुल ६२ कम्पनीको सेयर मूल्य बढ्यो भने १८७ कम्पनीको घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रूपमा फाइनान्स समूह ०.२१ प्रतिशतले बढ्दा व्यापार समूह स्थिर रह्यो । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य समूह भने ओरालो लागे ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढ्यो । घट्ने तर्फ एसवाई प्यानलको सेयर मूल्य ८.४५ प्रतिशतले घट्यो । कारोबारका आधारमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट र सागर डिस्टिलरी अग्रस्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्