Logo
Logo

डिउटीमा खटिएका एक प्रहरीको रहस्यमय हत्या, एक बेपत्ता


- दृष्टि न्युज/संवाददाता


कैलाली, २ कात्तिक ।
कैलालीमा डिउटीमा खटिएका एक प्रहरीको रहस्यमय हत्या भएको छ । अर्का प्रहरी बेपत्ता छन् ।
कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई र एक प्रहरी जवान गएराति सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए । उनीहरुमध्ये एकको शव खोलामा भेटिएको हो । शव असईको भएको प्रहरी स्रोतले जनाएको छ ।


सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीका अनुसार एक प्रहरीको शव नदीमा भेटिएको छ । बर्दी लगाएकै अवस्थामा शव भेटिएको छ । प्रारम्भिक छानबिनमा हत्या गरिएको प्रहरी आशंका छ । अर्का प्रहरीको खोजीमा प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्