Logo
Logo

एनआईबिएल सहभागिता फण्डको कारोबार प्रणाली खुला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ कार्तिक । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनआइबिएल सहभागिता फण्डको स्वचालित कारोबार प्रणाली लागू भएको छ । यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा लगानीकर्ताहरुमाझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ योजना व्यवस्थापकले उक्त प्रणाली लागू गरेको हो ।
यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणालीमार्फत लगानीकर्ता तथा इकाई धनीहरुले हालका लागि योजनाका ईकाई खरिद गर्न सक्नेछन् । साथै, लगानीकर्ताहरले व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा युजर लगइनमार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने सक्नेछन् ।
नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनआइबिएल खुलामुखी योजाना सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्