Logo
Logo

राष्ट्रिय लिग फुटबलको पहिलो दिन चर्च ब्वाइज र भगवतीबीचको खेल बराबरीमा


441
Shares

काठमाडौँ । आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

The current image has no alternative text. The file name is: rastriya-football.jpg

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइज र श्री भगवती क्लबबीचको खेलमा १-१ गोल भएको हो ।

खेलमा सुरुआती अग्रता भने भगवतीले लियो । भगवतीका लागि हरिहर बूढामगरले गोल गरे । उनले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता लिए । त्यसपछि खेलको ६५औँ मिनेटमा यता चर्च ब्वइजका कप्तान एरिक विष्टले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन । यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।

सोही मैदानमा आजै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले काँक्रे विहार क्लबमाथि ३-१ गोलको जित निकाल्दै विजयी भयो । उक्त प्रतियोगितामा भोलि दुई खेल हुनेछ । पहिलो खेलमा सातदोबाटो युवा क्लबले सङ्कटा एफसीसँग खेल्नेछ । उक्त खेल बिहान ११ बजे हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा लालीगुराँस एशोसिएसनले जावलाखेल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्