काठमाडौँ । साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ आफ्नो दोस्रो खेलमा नेपालले सशक्त प्रदर्शन गर्दै माल्दिभ्सलाई ५–० गोलले पराजित गरेको छ ।

थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपाली महिला टोली सुरुदेखि नै आक्रामक देखिँदै एकतर्फी जित निकाल्न सफल भयो ।
यस जितसँगै नेपालले प्रतियोगितामा ३ अङ्क जोडेको छ। नेपालले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेलेको थियो। नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनशिप सहभागिता हो।
यता पुरुषतर्फ नेपालले भोलि श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्नेछ।
दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० ले पहिलो पटक आयोजना गरेको यस फुटसल च्याम्पियनशिपमा नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङ्का र आयोजक थाइल्यान्डका पुरुष तथा महिला टोली सहभागी छन्।
लिग चरणका खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन्।











