Logo
Logo

ओलीको अर्काे चालः प्रचण्डसँग विवाद बढेपछि नेपालसँग सहकार्यको प्रस्ताव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ कात्तिक ।

करिब तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालबीच वान टू वान वार्ता भएका छन् । दुई नेताबीच मंगलबार बालुवाटारमा करिब दुई घन्टा लामो वार्ता भएको छ । जसमा ओलीले नेता नेपाललाई सहकार्यको प्रस्ताव राखेको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच पछिल्लोपटक ९ साउनको राति बालुवाटारमा भेट भएको थियो । बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सकारात्मक छलफल नभएपछि ओली आफैँले टेलिफोन गरेर नेता नेपाललाई बालुवाटार बोलाएका थिए ।

अर्का अध्यक्ष प्रचण्डसँग विवाद बढ्दै गएपछि ओलीले नेता नेपालसँग सहकार्यको प्रस्ताव अघि बढाएका हुन् । विभिन्न विषयमा ओली र प्रचण्डबीच विावद बढ्दै गएको छ । मंगलबार यसै विषयमा ओली र प्रचण्डका सचिवालयका फरकफरक धारणा सार्वजनिक भएका छन् । नेकपामा स्थायी कमिटी बैठकअगाडि प्रचण्ड र नेपालबीच गठबन्धन बनेको थियो । प्रचण्ड र नेपालको गठबन्धनले दबाबमा आएका ओली र प्रचण्डबीच सहकार्य भएपछि स्थायी कमिटी बैठक सकिएको थियो । तर, ओली र प्रचण्डबीचको सहकार्यमा नेता नेपालले असन्तुष्टि जनाएका थिए । तर, सहमतिका विषय कार्यान्वायन भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्