
काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा पूरै विकेट गुमाएर १२२ रना बनायो ।
नेपालका लागि विन्दु रावलले ४४, सम्झना खड्काले २६ र उपकप्तान पूजा महतोले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । थाइल्यान्डका लागि थिपाचा पुथावोङले ४ विकेट लिइन् ।











