Logo
Logo

उम्मेदवारी दर्ता गर्न प्रचण्ड आज रुकुमपूर्व जाँदै


756
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी आज साँझ रुकुमपूर्व जान लागेका हुन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भोलि (मंगलबार) मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । प्रचण्डको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको नेकपा रुकुमपूर्वका इन्चार्ज तेजबहादुर वलीले जानकारी दिए ।

मंगलबार मनोनयन दर्ता गरेर प्रचण्ड बुधबार मात्र काठमाडौँ फर्कने छन् । त्यस क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग विशेष राजनीतिक छलफल र परामर्श समेत गर्ने कार्यतालिका रहेको इन्चार्ज वलीले जानकारी दिए ।

यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए । त्यसबेला डा.बाबुराम भट्टराईले पार्टी एकता गर्ने सहमति अनुसार प्रचण्डलाई गोरखा–२ बाट निर्वाचित गराउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

आफ्नो जित सुनिश्चित गर्न प्रचण्डले हरेक चुनावमा फरक फरक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आइरहेका छन् । २०७९ सालको निर्वाचनमा चितवन–३ बाट भागेर प्रचण्ड गोरखा–२ मा पुगेका थिए ।

गोरखा–१, महोत्तरी–४, सुनसरी–४ र कास्की–३ बाट उम्मेदवारका लागि सिफारिस भएका प्रचण्डले यसपटक भने सुरक्षित स्थान खोज्दै जनयुद्धको आधारभूमि रुकुमपूर्व पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्