Logo
Logo

काठमाडौं १ मा रास्वपाको उम्मेदवार रञ्जु दर्शना


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं निर्वाचन क्षेत्र १ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ । विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी उनले यसअघि समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी थिइन् ।

रञ्जुले समानुपातिक उम्मेदवारका लागि रास्वपाले गरेको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । महिला आकांक्षीहरुमा उनले सर्वाधिक मत पाएकी थिइन् । तर, रास्वपाले बन्दसूची पठाउँदा खस आर्य महिलाको क्लस्टरमा १०औं नम्बरमा राखेपछि उनी असन्तुष्ट बनेकी थिइन् ।

रञ्जु चाँडै आमा बन्नेसमेत तयारीमा छिन् । शारीरिक अवस्थाका कारणले प्रत्यक्षमा लड्न असहजता हुने भएकाले समानुपातिक उठ्न चाहेको उनले बताएकी थिइन् । तर, समानुपातिकमा निर्वाचित हुने सम्भावना नदेखेपछि उनी प्रत्यक्षमै आउन तयार भइन् । काठमाडौं–१ मा तुलनात्मकरुपमा घरदैलो गर्न सहज रहेकाले यो क्षेत्र रोजेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्