
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नेपाली कांग्रेसका १० नेता नलड्ने भएका छन् । उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका हुन् ।
विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नलड्ने घोषणा गरेका छन् । २०७४ सालमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएका उनले आफू पार्टीको काममा लाग्ने भन्दै चुनाव नलड्ने घोषणा गरेका हुन् ।
त्यस्तै हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू, डा. नारायण खड्का, बलबहादुर केसी, शिव हुमागाई, बद्री पाण्डे, राजेन्द्रकुमार केसी, जिपछिरिङ लामा र रामनाथ अधिकारी छन् । उनीहरु सबैले जेनजी आन्दोलनको भावनालाई मध्यनजर गर्दै चुनाव नलड्ने घोषणा गरेका हुन् ।











