Logo
Logo

शेखरको सचिवालयले भन्यो-गगन थापासँग कुनै सहकार्य गरेका छैनौँ


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाको सचिवालयले नवनिर्वाचित सभापति गगन थापासँग कुनै सहकार्य नगरेको जनाएको छ ।

The current image has no alternative text. The file name is: sekher-1.jpg

उनको सचिवालयले सभापति थापासँग मिलेर जाने समाचारमा कुनै सत्यता नभएको प्रस्ट्याएको छ ।

सचिवालयले भनेको छ, ‘जहाँसम्म डा। शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन ।’ 

आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिका कसैले कुनै पनि माध्यमबाट नेता कोइरालासँग सम्पर्क र कुराकानी नगरेको पनि सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्