काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।

अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् ।











