Logo
Logo

‘४ महिनामा ४० निर्णय कार्यान्वयनमा गए, डेढ सयभन्दा बढी उपलब्धि भए’


378
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । 

राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले आफ्नो छोटो कार्यकालमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे । उनले भने, ‘मेरो ४ महिनाको कार्यकालमा ४० भन्दा बढी महत्त्वपूर्ण निर्णयहरू कार्यान्वयनमा गएका छन् । यस अवधिमा डेढ सयभन्दा बढी उपलब्धिहरू हासिल भएका छन् ।’

उनले सिंहदरबार प्रवेश गर्दा जस्तै सफा र निष्कलङ्क भएर फर्किएको बताए । ‘मैले सिंहदरबार जसरी छिरेको थिएँ, त्यस्तै फर्किएको छु,’ उनले भने, ‘मैले भ्रष्टाचार गरेको छैन, अनियमितता गरेको छैन । कलङ्कको छिटा लाग्ने गरी कुनै गलत काम गरेको छैन ।’

खरेलले सरकारमा रहँदा प्रधानमन्त्री सुशीला कार्कीलाई सकेसम्म सहयोग गरेको उल्लेख गर्दै, उनको योगदानको मूल्याङ्कन प्रधानमन्त्री स्वयंले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्